बिनोद आचार्य, सुनसरी। महामारीको समयमा खाना खान धौ धौ परेका समुदायलाई लक्षित गर्दै रामधुनीका युवाहरुले निशुल्क फुड बैँक सञ्चालनमा ल्याउने भएका छन् । लकडाउनले दैनिक जिविकोपार्जनमा समस्या भएका समुदायका मनिसहरुलाई झुम्काबाट आवश्यक सामाग्री वितरण गर्न लागिएको हो ।
विपन्न वर्गले भोकभोकै बस्नु पर्ने अवस्थामा रामधुनी नगरपालिका वडा वडा नम्बर १ मा युवाले निःशुल्क खुल्ला फुड बैंक मङलवारदेखि सञ्चालन गरेका छन । झुम्का स्थित कुबेर सपिङ्ग सेन्टर अगाडि शुरु गर्न लागिएको फुड बैंकका आवश्यक खाद्यन्नको संकलन गर्ने र वितरण गर्ने तयारी गरिएको अभियानकर्ता रामधुनीका युवाहरुले जानकारी दिए । तपाईले दिएको एक पोका नुन पनि कसैको लागि सुन बन्न सक्छ । खालि पेट,केही लिएर जाऔ, भर पेट केहि दिएर जाउँ भने नाराको साथ अभियान सुरु गरिएको हो । पहिलो दिन ९७ भन्दा बढी परिवारकालागि खाद्यन्न बितरण गरेको तथा यसलाई निरन्तरता दिने लक्ष्य रहेको छ । सो अभियानलाई "Help For Needy" नाम दिइएको छ ।
'खाली पेट केही लिएर जाउ,भरपेट केही दिएर जाउ' भन्ने नाराका साथ युवाहरुद्वारा फुड बैंक संचालन