माधव भुर्तेल,माघ ७,कावासोति। नवलपुर स्थित कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको खेल मैदानमा युथ नवलपुरले राखेको अन्डर २० नक आउट क्रिकेट प्रतियोगितामा आज तेस्रो दिनको खेलमा आयोजक टिम A ले भरतपुर वारियर्सलाई नमिठो हार चखाएको छ । आज १२ बजेदेखी सुरु भएको खेलमा पहिलो ब्याटिङ गरेको युथ नवलपुर क्लबको सिनियर टिम A ले दिएको १९५ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वारियर्सले १० विकेटको क्षतिमा मात्र ४० रन बनाएपछी १५५ रनको लज्जास्पद हार बेहोर्न बाध्य भएको हो।
म्यान अफ द म्याच समेत रहेका रेडिसन श्रेष्ठले ५९ रन ,भिमले ५० रन र कृष्णले ३६ रन जोडेपछी आयोजक युथ नवलपुर क्लबले ७ विकेटको क्षतिमा बिशाल १९५ रनको योगफल तयार पारेको र जवाफी व्याटिङमा उत्रेको वारियर्सले मात्रै १० ओभरमा सबै विकेट गुमाएर ४० रन जोडेको खेल संयोजक मदन सुबेदिले गण्डकी आजलाइ जानकारी दिएका छन। प्रतियोगितामा भोलि कुनै खेल खेलाइने छैन भने पर्सि हुने खेलमा टिम फारमका विरुद्ध राजमन्दिर क्रीकेट क्लब मैदानमा उत्रीने भएको छ।आज सम्मका खेलहरु अत्यन्तै प्रतिस्पर्धामा तथा अनुशासनमा अगाडी बढिरहेको भन्दै प्रतियोगिता संचालनमा सहयोग पुर्याउने सबैलाइ युथ नवलपुरका अध्यक्ष प्रशान्त सिग्देलले धन्यवाद समेत दिएका छन।
नवलपुर क्रीकेट अपडेट: आयोजक ए टिमद्वारा भरतपुर वारियर्सको लज्जास्पद हार