रन्जीत शर्मा / नवलपरासी / ०४ माघ । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा न- ०५ नेपाल परिवार नियोजन संघको सभाहल परासीमा संचालित ३ दिने निवेदन लेखन तालिम आज सम्पन्न भएको छ ।
राष्ट्रिय दैनिक पत्रीकाका सम्बादाता तथा कार्यक्रम सन्योजक बिनय मिश्रको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउपालिका प्रमुख बैजु प्रसाद गुप्ता(दिपक) को प्रमुख अतिथिक्ता , नेपाल परिवार नियोजन संघ परासीका शाखा प्रवन्धक यमनाथ पौडेल,मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता, राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख उमेश बि०क० , चित्रकार नरबहादुर बि०क० ,उत्तम सहयोगी समाज बिकास संस्थाका अध्यक्ष गुड्डु गुप्ता, पत्रकार सुरेश यादव , रामजी प्रजापति ,समाजसेवि नित्यान्दन पाण्डेय, बाल समुह जिल्ला सवन्य समिती नवलपरासीका भु०पुर्ब उपाध्यक्ष अमरमणी गुप्ता,राष्ट्रिय दैनिकका बजार प्रमुख ग्यानेश्वर सहानी , देवचुली टेलिभिजनका सम्बादाता पत्रकार रन्जीत शर्मा लगायतको अतिथिक्ता तथा ५० जना सहभागीको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
उमंग मिडिया प्रा०लि० द्वारा संचालित राष्ट्रिय दैनिक पत्रीकाको आयोजना तथा पाल्हिनन्दन गाउपालिका एवम् विभिन्न सहयोगी संघ संस्थाको सहयोग तथा सहकार्यमा कार्यक्रम सन्चालन गरिएको थियो ।
तालिममा लेखनदार तथा पत्रकार रन्जीत शर्मा ,अधिकृत छठौ नन्दलाल प्रजापति, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नवलपरासीका अध्यक्ष चौध प्रसाद कोहार लगायत द्वारा कक्षा संचालन गरिएको थियो भने तालिम ०२ गतेबाट सुरु भइ आज ०४ गते सम्पन्न भएको छ।
कार्यक्रममा चित्रकार नरबहादुर बि०क० लाई सम्मान समेत गरिएको थियो ।