उत्तमकुमार थापा, बझाङः
देशैभर संगठन बिस्तार रणनीति बनाएको नेकपा ओली समूहले बझाङमा जिल्ला तहको युवा तथा बिद्यार्थी संगठन बिस्तारलाई तिव्रता दिएको छ ।
नेकपाको आन्तरिक विवाद चुलीमा पुगेका बेला ओली पक्षका युवा तथा बिद्यार्थीको भेला आईतवार चैनपुरमा भएको हो ।
भेलामा युवा संघको जिल्ला संयोजकमा संसार खड्का सहित ६ जना सह–संयोजक तोकेको छ ।
सह–संयोजकमा अम्बर विष्ट, विनोद सिंह, लोकेन्द्र दौल्याल, रुपेन्द्र शाही, धिरेन्द्र सिंह र जनक खड्काको नाम घोषणा भएको हो ।
अनेरास्ववियु जिल्ला संयोजक प्रविन धामीले अव छिट्टै नै युवाको १ सय ९९ सदस्यीय कमिटी बिस्तार गरिने बताए । तोकिएका संयोजक–सहसंयोजकलाई अविर जात्रा गराई उनीहरुले चैनपुरमा खुशियाली जुलुस निकालेका थिए ।
यता, बझाङमा माधव–प्रचण्डको नेकपा समूहले यस अगाडी नै अनेरास्ववियुका जिल्ला संयोजक प्रविन धामीलाई कार्वाही गर्दै धामीको ठाउँमा पुष्पलाल रोकायालाई संयोजक तोकेको छ ।
ओलीपक्ष युवा संघको जिल्ला भेला सम्पन्नः बझाङ संयोजकमा संसार खड्का