ज्ञानेश्वर सहानी / नवलपरासी /०३ माघ बालमैत्री स्थानीय शासन अवलम्बन एवम् प्रवर्द्धन का लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ ।
रामग्राम नगरपालिका वडा न १६ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिकाको सहयाेगमा बालमैत्री स्थानीय शाशन निर्माणका लागी सन्देश प्रवाह गर्न र्याली कार्यक्रम गरिएको छ।
रामग्राम नगरपालिका वडा न: १६ हकुई को प्रत्येक टोल टोल बाट निकालेको र्याली वडा कार्यालय अगाडिमा समापन गरिएको थियो ।
वडा बाल सञ्जालका अध्यक्ष बिन्दवासनी पाण्डेकाे अध्यक्षता तथा रामग्राम नगरपालिका का मेयर नरेन्द्र गुप्ता काे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिकाका वडा न.१६ का अध्यक्ष भगवान थारूको बिशिस्ट अतिथि तथा बालमैत्री सम्पर्क व्यक्ति नगेन्द्र यादव , कार्यपालिका सदस्य रोसन साह,इन्दु वि.क , बालमैत्री सहजकर्ता शर्मिल पाैडेल,शिक्षा प्रेमी बलिराम यादव,कुवरवती टोल विकास सस्थाका अध्यक्ष राम नारायण यादव,विजय यादव,दिपेन्द्र पाण्डे, कान्ती चाैधरी , १६ नम्बर वडाका वडा सदस्य इन्द्र चाैधरी ,सुबास गुप्ता ,पत्रकार ज्ञानेश्वर सहानी, सुरेश यादव लगायतको व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा स्वागत मन्तव्य सामाजिक परिचालक निलम यादवले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक वडा सचिव पन्चराम कोहारले गरेका थिए ।