नवलपुरः
नवलपुरको पहाडी खण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन् । लु ६० प ४०५४ नं. को मोटरसाईकलमा कावासोतीबाट डेढगाउँ जादै गरेका कावासोतीका २४ बर्षीय जीवन गिरी र ३५ बर्षका होमबहादुर कार्की दुर्घटनामा परि घाईते भएका हुन्् ।
देवकाली ग्रामीण कच्ची मोटरबाटो अन्तर्गत राईकोट र भदौरीको मध्यभागमा आज बिहिवार दिउँसो मोटसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
मोटरसाईकल भीरबाट करिव २ सय मिटर तल खसेको उद्धारमा संलग्न स्थानीयले जानकारी दिएका छन् ।
मोटरसाईकल झण्डै २ सय मिटर तल पुगेपनि दुबै जनाले त्यसवखत मोटरसाईकल छोडिदिदा ज्यान जोगाउन सकेको स्थानीयले बताएका छन् ।
गिरीलाई सामान्य चोट लागेको छ भने कार्कीको दायाँ खुट्टामा चोट लागेको उद्धारका लागि पुगेका एक स्थानीयले सूचना दिएका हुन् ।
मोटरसाईकल दुर्घटनामा कावासोतीका २ युवा घाइते