देवचुली नगरपालिका वडा नं. १५ का ३० जना अपाङ्गता भएका ब्यक्तिलाई सिरक वितरण गरिएको छ ।
अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरी विनियोजित बजेटबाट सिरक वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाका पुर्ण र अति अशक्त ३० जनालाई एक–एक वटा सिरक बितरण गरिएको वडाध्यक्ष हरिभक्त भटराईले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७७–०७८ मा लक्षित वर्गलाई छुट्याईएको ५० हजार रुपैंया वजेट अन्तर्गत रहेर सहयोग गरिएको भटराईले बताए ।
सिरक बितरण कार्यक्रममा कार्यपालिका सदस्य माया सुवेदी, धौलागिरी अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष विष्णु प्रसाद काप्mले लगायत १५ नं. वडाका सदस्य समेतको सहभागिता थियो ।
देवचुली १५ मा अपाङ्गता भएका ब्यक्तिलाई सिरक