कृष्ण पौडेल, सुनवल सेवा नै धर्म हो रक्तदान जीवन दान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी नवलपरासी सुनवल उपशाखाको 19औं बाषिक साधारणसभा सम्पन्न भएको छ ।
२०५८ स्थापना भएको उपशाखा सुनवल कोरोना भाइरस लाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी साधारण सभा सम्पन्न गरेको छ साधारणसभामा सभापति गोपाल शर्मा हुनुहुन्थ्यो भने प्रमुख अतिथि कृष्णप्रसाद लामिछाने अतिथि वासुदेव आयाल अतिथि प्रेमप्रसाद ढकाल लगायतको उपस्थिति थियो जा हेनरी डयुनाको तस्बिरमा फूल अर्पण गरी अतिथीहरुले कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने ब्यानर पढेर र दीप प्रज्वलन गरेर प्रमुख अतिथि कृष्ण प्रसाद लामिछानेले कार्यक्रम औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो कार्यक्रम संचालक रुद्र कुमारी कडेलले गर्नुभएको थियो भने सदस्यहरूको उपस्थित रहेको थियो कार्यक्रममा मन्तव्य राख्दै सभापति गोपाल प्रसाद शर्माले थुप्रै दुःख पीडितहरुलाई यस सुनवल उपशाखाले सहयोग गरेको र आफ्नो छरछिमेकमा यस्ता दुखि पिडित हरु भएमा सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद लामिछानेले कोरोनाभाइरस लाई देवकोटा क्याम्पस मा कोरेन टाइम बनाउँदा थुप्रै सहयोग गरेको र नगरपालिकालाई एम्बुलेन्स फिरीमा दिएको बताउनुभयो सेवा नै धर्म हो भन्ने अभिप्रायका साथ यो संस्था रहनुहुने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्नुभयो कार्यक्रममा अतिथि वासुदेवाय अर्याल ले पार्टी राजनीति नहेरिकन दुईचार रुपैयाको लोभ नगरिकन सबैको जीवन रक्षा गर्नका लागि सबैको भूमिका महत्वपूर्ण र उत्तिकै रहेको बताउनुभयो कार्यक्रम सम्पन्न भएको घोषणा सभापति गोपाल प्रसाद शर्माले गर्नुभएको थियो
नेपाल रेडक्रस सोसाइटी नवलपरासी सुनवल उपशाखा को उन्नाइ औं वार्षिक साधारणसभा सम्पन्न