नातीको पास्नीको अवसरमा मध्यविन्दुु नगरपालिका ७ का लक्ष्मीपति पाण्डेले विपन्न वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन । हाल अष्ट्रेलियामा रहेका छोराबुहारी शिव पाण्डे र तारा अर्याल पाण्डेको छोरा साहस पाण्डेको पास्नी अर्थात भात खुवाईको अवसरमा ज्ञानोदय माध्यमिक विद्यालय मध्यविन्दु १५ हर्वष्टारमा रहेका २६ जना विपन्न परिवारका बालबालिकाहरुलाई न्यानोकपडा वितरण गरिएको हो । चिसो मौसममा गरिब परिवारका बालबालिकाहरु जाडोमा कठ्याङ्ग्रिएर पढ्नुपर्ने बाध्यतालाई मध्यनजर गरी छोराबुहारी शिव पाण्डे र तारा अर्याल पाण्डेको आर्थिक सहयोगमा भात खुवाईमा लाग्ने खर्चलाई कटाएर बालबालिकाहरुको पढाईलेखाइएमा सहयोग पुगोस भनेर न्यानो कपडा वितरण गरिएको लक्ष्मीपति पाण्डेले बताए । सो अवसरमा हजुरबुवा लक्ष्मीपति पाण्डे, हजुरआमा कला पाण्डे, मामाघरतर्फका हजुररवुवा कृष्ण अर्याल, हजुरआमा अन्जु अर्याल, मावली हजुरआमा विष्णुमाया पौडेल लगायत विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको विद्यालयका शिक्षक विष्णु मरासिनीले जानकारी दिए । भात खुवाईको अवसरमा विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकोमा विद्यालय परिवारले पाण्डे परिवारलाई धन्यवाद व्यक्त गरेको थियो ।
नातीको पास्नीको अवसरमा न्यानो कपडा वितरण