दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।
उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेकाे उद्दार गरेर उपचारकाे लागि मेहलकुना अस्पताल पठाइएकाे पनि भट्टराइकाे भनाइ छ ।
‘कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु,’ वडाध्यक्ष भट्टराईले भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता छन् उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन् ।’
छिन्चु-जाजरकाेट सडक खण्डमा भएकाे दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेकाे वडाध्यक्ष भट्टराईले बताए । उनकानुसार बस नम्बर खुलेको छैन् भने घाइते, मृत्यु र वेपत्ताकाे समेत पहिचान खुलेकाे छैन् ।