चीनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई रोकेको छ।
डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै चीनले प्रवेशमा रोक लगाएको द गार्डियनले जनाएको छ। तर केही सदस्यहरू चीनका लागि उडिसकेका छन्।
डब्लुएचओ महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले संगठनको टोलीलाई प्रवेश गराउन चिनियाँ अधिकारीहरूसँग सम्पर्क गरिसकेको बताएका छन्।
संगठनले विभिन्न राष्ट्रका विज्ञ भएको टोलीलाई केही महिनाका लागि वुहानमा अध्ययन गर्न पठाउने योजना बनाएको थियो। यसका लागि उसले गत जुलाईदेखि नै चिनियाँ अधिकारीहरूसँग कुरा गर्न थालेको थियो।
वैज्ञानिकहरूले यो भाइरसको उत्पत्ति कसरी भयो र मानिसमा कसरी सर्यो भन्ने जान्न जरूरी रहेको बताउँदै आएका छन्।
डब्लुएचओको टोली वुहानमा सुरूमा देखिएका संक्रमणबारे अध्ययन गर्न जान लागेको हो। भाइरसको उत्पत्ति चीनको ल्याबमा वैज्ञानिकहरूले बनाएको भन्ने दाबीबारे जाँच गर्न सो टोली नगएको बताइएको छ।साभार: सेतोपाटी