पुस २०, २०७७
हिजो साँझ ८ बजेको समयमा जिल्ला नवलपरासी (पुर्व) कावासोती न. पा. वडा नं ११ पिठौली स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु छ०प ४०३७ नम्बरको मोटर साईकल अनियन्त्रित भई पल्टँदा मोटर साईकल चालक ऐ.ऐ. बस्ने वर्ष अ.५१ को दिल बहादुर बरामको टाउकोमा चोटपटक लगेको छ ।
उक्त घाइतेको उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेको र उपचारको डन्डमा ऐ. ९:१५ बजेको समयमा चिकित्सक द्धारा मृत घोषण गरेका छन् ।
उक्त मोटर साईकल पछाडी सवार ऐ. वडा नं. १२ बस्ने वर्ष अं २५ कि सिमा मह्तो को सोही अस्पतालमा उपचार भई रहेको उक्त घाइतेको अवस्था मध्यम रहेको ,जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) का सुचना अधिकारी प्र.ना.उ मोहन बहादुर खाँणले बताउनु भएको छ ।