ज्ञानेश्वर सहानी / नवलपरासी / १८ पुष । पश्चिम् नवलपरासीको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति परासी नवलपरासीको २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति परासी नवलपरासीले गत आर्थिक वर्ष ०७६/०७७ मा २१ लाख ६७ हजार २७० रुपैयाको कुल कारोबार गरेको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला कार्य समिति परासी नवलपरासीका अध्यक्ष चाैथी प्रसाद काेहारको अध्यक्ष्ाता तथा लुम्बिनी प्रदेशसभा सदस्य मा० देवी प्रसाद अर्यालको प्रमुख अथितिक्ता तथा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन बहादुर क्षेत्रीको विशिस्ट अथितिक्ता एवम् एसोसिएसनका पुर्ब अध्यक्ष रामवृक्ष यादव , पुर्बी केन्द्रीय सदस्य तथा वर्तमान सल्लाहकार सन्योजक रामनाथ शर्मा पाैडेल, संस्थापक अध्यक्ष जीवन कुमार भट्ट, पुर्व अध्यक्ष शत्रुधन सापकोटा , विशिस्ट लेखापढि व्यवसायी माधव सिह भण्डारी तथा पत्रकार ज्ञानेश्वर सहानी लगायतको व्यक्ति अतिथिक्ता रहेको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष उमाशंकार गिरि ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन केशव प्रसाद अर्याल तथा प्रगति प्रतिबेदन सचिवले प्रस्तुत गरेका थिए ।