प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दोस्रो खेलमा पनि निराशजनक हार व्यहोरेको छ ।
दाङको लमही रंगशालामा जारी प्रतियोगिताको बुधबारको खेलमा बागमती प्रदेशसंग गण्डकी प्रदेश ६५ रनले हारेको हो ।
१ सय ५४ रनको विजयी लक्ष्य पाएको गण्डकीले निर्धारीत २० ओभरको खेलमा ५ विकेट गुमाउँदै ८८ रनमात्र जोडेको हो ।
टस जितेर ब्याटिङ रोजेको बाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रनको बलियो योगफल तयार पारेको थियो ।
बागमती प्रदेशसंग गण्डकी प्रदेश ६५ रनले पराजित