नवलपुर।कोरोना संक्रमण फैलिएसंगै लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम यहि पुस १४ गते मंगलबारबाट खुला हुने भएको छ।
यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डको पालनको व्यवस्था गरि ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुल्ला गरिएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मंगलबार देखि देशैभर खुल्दै सवारी चालक अनुमती पत्र(लाइसेन्स) को फर्म