देशव्यापी रुपमा आन्दोलन कार्यक्रम तय गर्ने सम्भावना
९ पुस, काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । उक्त बैठकमा संसद विघटन विरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना रहेको श्रोतले जनाएको हो ।
यसअघि पनि बुधबार बसेकोको केन्द्रिय कार्यसमितिको बैठकले संसद विघटन विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको भए पनि बैठकमा प्रदर्शन कहिलेदेखि सुरु गर्ने लगायतको विषय वस्तुमा एकिन गरेको थिएन ।
उक्त प्रदर्शन सुरु गर्ने मिति आजको बैठकबाट तय हुने सम्भावना रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
सांसद विघटन विरुद्ध आन्दोलन गर्ने विशेषज्ञ कांग्रेसभित्र मतभेद
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ ।
तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।