रन्जित राना,नवलपुर। कावासोती न.पा. वडा १ को छहारी संगम युवा क्लबको साधारण सभा तथा अधिवेशन हिजो सम्पन्न भएको छ। तबारक अहमद मियाको अध्यक्षता संचालनमा रहेको क्लबको नया कार्य समितिमा अध्यक्ष: बाबुराम लामा, उपाध्यक्ष: पार्वती परियार सचिव: नवीन सापकोटा, उपसचिव: शान्ति राना ,कोषाध्यक्ष: पोषलाल तिवारी ,सदस्यहरु: रोहन हमाल, अविनाश श्रेष्ठ, बिशाल पंगेनी, सविन श्रेष्ठ, मनोज वि.क, रामु पौडेल, साबिर मिया, सरिता गाहा चयन भएका छन। क्लबका बर्तमान अध्यक्ष बाबुराम लामाले क्लबलाई आफ्नो कार्यकालमा खेलकुदमा मात्रै सिमित नराखेर सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर गराउने र सबै बर्गका मानिसहरु लाई समेटेर नवलपुरकै नमुना क्लब बनाउने बताएका छन।लामो समयसम्म आफुलाइ क्लब अध्यक्ष रहदा विभिन्न कार्यक्रम गर्दा सहयोग गर्ने स्थानीय तथा क्लबका सदस्यलाई निवर्तमान अध्यक्ष मियाले धन्यवाद दिएका छन भने नव निर्वाचित अध्यक्ष लामाले आफ्नो कार्यकालमा पनि सबैको आवाश्यक सहयोग रहने विश्वास व्यक्त गरेका छन।
छहारी संगम युवा क्लबको नया समिती गठन,अध्यक्षमा लामा सर्वसहमत