सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु विच पछिल्लो समय खटपटि शुरु भएको छ । पुर्व एमाले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शिर्ष नेता माधव नेपाल विच समजदारी हुनै छाडेको छ ।
नेताहरु विचको दुरी बढ्नु स्वभाविकनै हो तर नेकपा स्रोतका अनुसार बरिष्ठनेता माधव नेपाल नेकपाको महाधिवेशन कुर्ने पक्षमा छैनन् । महाधिवेशनमा ओलीको बहुमत रहेको भन्दै ओलीलाई अध्यक्ष पदबाट हटाउन नसकिने भएकाले तत्कालै प्रधानमन्त्री पद दिएर अध्यक्षबाट हटाउन लागि परेको स्रोतको दावी छ । उनलाई बढी सकसक लाग्नु पनि ओलीको वहुमतकै कारण भएको नेकपाका एक केन्द्रीय नेताको भनाई छ ।
यता एकिकृत नेकपा माओवादीसँग पार्टी एकिकरण सम्पन्न पछि पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टीका अन्य शिर्ष नेतासँग मिलेर ओलीलाई महाधिवेशन अघिनै हटाउने बटमलाइनमा नेपाल पुगेका छन् । यता पार्टी एकिकरणका जिम्मेवारी पाए पनि नेपाल र अन्य नेताले भने कुनै पनि काम ओलीलाई सहयोग नगरेको ओली पक्षकोे आरोप छ ।
नेता नेपालले आफूनिकट स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जनसंगठनका नेताहरुसँगको भेटेर ‘ओलीलाई महाधिवेशनअघि नै दुवै पदबाट हटाएर जाने’ आफ्नो प्रष्ट बटमलाइन सुनाएको ओली पक्षको दावी छ । नेता नेपालले गत चैतदेखि नै यस्तो अभियान चलाउदै आएको पाइएको छ ।
पार्टी एकिकरणले तल्लोस्तरका संगठनहरुमा पुर्णता समेत पाइ सकेको छैन तर एकिकरणका काम र पार्टीका नयाँ एजेन्डा भन्दा पनि भागबण्ड र किचलो मात्र झिकेर ओली सरकारलाई असफल बनाउन खोज्नु वरिण्ठ नेतानै लागि परेको आरोप समेत ओली पक्षको आरोप छ । देश संकटमा हुदाँ समेत नेता नेपालले सहयोग नगरेको भन्दै ओली पक्षले पार्टी निर्णय र सरकारलाई सहयोग गर्न माग गर्दे आएको छ ।
पार्टी एकिकरणलाई पुर्णता दिएर महाधिवेशनबाट नयाँ अध्यक्ष चयन गर्ने सहमती सहित नेकपामा दुई अध्यक्ष रहने सहमती गरे पछि प्रचण्ड र ओली अध्यक्ष रहेका छन् । तर यसरी नेताहरु महाधिवेशनबाट डराउनु दुखत भन्दै अन्य प्रकृया पुरा गरी महाधिवेशनको पक्षमा उभिन अनुरोध समेत गरेको छ ।