ओली बा ! कति मिठो बोली बा !
बुवा भनौं कि हजूरबुवा, कस्तो लगाऊँ आदर
जस्तो देखें त्यस्तै लेखें,मन नरूवाए धरर
नक्सा आयो किताब आएन,
खर्च आयो हिसाब आएन
कहिले तेलको कुरा, कहिले रेलको कुरा
कति गर्छौ गोलघर चौध वर्षे जेलको कुरा?
कहिल्यै गर्यौ तिम्रा अपराधी कामरेडहरूलाई हतकडी र नेलको कुरा?
न्याय खायौ, सत्ता पायौ
जनतालाई सधैं अधुवा बेसारै लायौ
भगवानै रहेछौ तिम्रा आशिर्वाद्ले सिधै मन्त्री पड्काऊने
हात्ती त छिराई सक्याथ्यौ, अब पुच्छर किन अड्काऊने?
ए लौन ! मलाई पनि एउटा वर देऊन
टुडिखेलमा चारै आना भएनि पास गर्देऊन
पढेकै रहेछौ गुणानफल कत्ती जानेको
ऊन्नाईस् दुना अड्तिस् ट्याक्कै हानेको
नाकाबन्दीमा देशबाटै डट्यौ
त्यसपछि जताततै अट्यौ?
सुरूमा त केहि हैछ कि झैं पार्यौ
निष्ठूरी रहेछौ बा, अहिले किन यति माया मार्यौ?
त्वीन फाली पूल पनि गज्जबले हाल्यौ, समुन्द्रै भरी
त्यसैले त आऊँदैछन् पश्चिमबाट पाहुनाहरू थरीथरी
श्वदेशीलाई विदेशीन झनै सहज बनाईदियौ
एकतर्फी पूल रहेछ बा, फर्कनलाई पानी जहाज बनाईदियौ?
महाझानी रहेछौ बा, विध्याकी देवी माता कै वर पाएको
जस्तो जटिल प्रश्नको नि कस्तो खरर ऊत्र आएको!
हामी पर्देशीको पक्षमा त तिम्रो कहिल्यै ओंठ नचल्ने
हे र त! नोट चल्ने भोट नचल्ने?
रामराज्य नै रहेछ बरै, कति सक्षम यूवराज तिम्रा
स्वर्गै पो रहेछ सरकार, भगवान नामले विराज तिम्रा
भगवान राम नेपालमै जन्मेका हुन् भन्यौ, तर्सियौ
सहि थियौ, तिम्रा भगवान राम नाथ दाहाल बिर्सियौ?
न त कारखाना छोड्यौ, न त छोड्यौ छापा
तिम्रै आफ्नै झापालाई सम्म कहिल्यै दियौ पापा?
तिमीलाई तिम्रो स्कूलको मध्यावधी घन्टी बजाऊन कहिल्यै नमिल्ने
जनता आजकल थुकिसकेको थुक हेरी, फेरी थुक निल्ने
तिम्रो बेसार तन्त्रमा को रह्यो र अछुतो?
जनतालाई अहिले न्याऊरी मारी पछुतो
तिमीलाई जन्माऊने टनकपूर कि शनकपूर?
सडकमा आईसके जनता, अब त दनकपूर
हे र त ! यसवर्ष पनि तिमीले देखाएका सपनाहरूको बाढी कन्काईमा मज्जाले आएछ
जस्ले पहिले तिम्रो बाल्यकाल बगायो, त्यस्ले त अहिले पुरै देशै बगाएछ
कहिले चम्पा, कहिले खम्पा
कहिले नाकाबन्दी कहिले भूकम्प
लोकतन्त्र कि जनतालाई भारी कर ठोकतन्त्र?
संघिय प्रणाली की सबैकुरा मंगिए प्रणाली?
देशको ढुकुटी भूक्का तन्त्र
तिमी सधैं ऊखान अनि टुक्का तन्त्र
जनतासँग अझै लुकामारी नखेल नजिस्क
ए बा, देश रूँदै छ अब त बालुवाटारबाट निस्क
कहिले बालुवाटार, कहिले शित्तलनिवाश जाम
यो जान्न पाम्, अब कामरेड हतौडा कि घाम?
जनता कुलमान तन्त्र भन्छ, तिमी लोकमान तन्त्र नबनाऊ
पहिले तिम्रो नेपाललाई मनाऊ, अनि हाम्रो नेपाललाई बनाऊ
तिम्रो सपनाका झलुंगेपूल पहिले तिमी आफै तरिदेऊ
ए बा ! लौन मलाई गलत् प्रमाणीत गरिदेऊ
धेरै हिम्मतीलो रहेछौ बा, बेलाबेलामा यमराजलाई पनि थर्काऊँछौ
अबको कायापलट हेर्न हामीलाई कति पर्खाऊँछौ?
ऊ बेलामा त्यत्रो नाकाबन्दी झेल्यौ, ऊत्तर दक्षीण चारैतिर पेल्यौ
आहा चुच्चे नक्साले सुदूरपश्चिम सर्वत्र सिंगार्यौ
तर अहिले तिम्रो साईत कस्ले बिगार्यो?
सरसर्ती हेर्दा कुनिती कै चल्ती देख्छु म
यसोऊसो गर्यो तिम्रै गल्ती देख्छु म
धेरै त्वीन फाल्यौ, स्वास्थ्य चौकी हाल्यौ, बस्ती बसाल्यौ
तिम्रा पाँच पाण्डव बोक्ने खल्तीमा प्वाल रहेछ साह्यद,एकएक गरी कता खसाल्यौ?
यूद्ध्ष्ठिर भनी सबैलाई आफ्नै झैं मनमा लगायौ
दूर्योधनको चाल चल्न थालेपछि, बल्ल थाहापायौ !
बाहिर त यस्तै अस्तव्यस्त देख्छौं हामी, भित्र अर्कै चल्ती थियो र?
केहि राम्रो गर्न खोज्नुनै तिम्रो गल्ती थियो र?
अब सक्छौ भने यो महाभारतको अर्जून बन, गान्डिभ बोक
कसैका बारेमा केहि दूखेसो छन् भने हामीसँग पोख
होईन भने,
सरकार गयो तिरैतीर, जनताले खाए अमिलो खिर
ऊत्तर दक्षीण लरिलै ओली सरकार बरिलै!!!