कावासोती, ०८ मंसिर । नवलपरासी वर्दघाट सुस्ता पुर्वमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज, चितवन र लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि पोखरामा गरिएको परिक्षण क्रममा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका वडा नं २ र ४ बस्ने क्रमश ३८,४२,८१,५५ बर्षिय छन् , कावासोती नगरपालिकाको वडा नं २,५,९,११,१५ बस्ने क्रमश २५,३६,५१,२,३८,२३ बर्षिय ६ जना रहेका छन ।
सबै संक्रमितहरुको चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान खुलेको हो । यो सँगै गण्डकि प्रदेशमा संक्रमितको संख्या १११०९ पुगेको छ । सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञाप्ति मार्फत जानकारी आएको छ ।
कावासोतीका ०६ जना सहित नवलपुरका थप ११ जनामा संक्रमण