रन्जीत शर्मा/ नवलपरासी/ ५ मंसिर । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन घोषण हुने अन्तिम तयारीमा पुगेको छ । रामग्राम नगरपालिकाका प्रमुख तथा बाल मैत्री स्थानीय शासन नगर समितिका प्रमुख नरेन्द्र गुप्ताको अध्यक्षतामा बसेको बैठकमा बालमैत्री स्थानीय शासन सम्बन्धी कामहरु के कसरी अगाडी बढाउने सन्दर्भमा महत्वपूर्ण छलफल गर्दै बाल मैत्री स्थानीय शासन घोषणा गर्न कार्ययोजना तालिका समेत पारित गरियो छ ।
कार्यक्रममा उप-प्रमुख रम्भा कुन्वर सहित समितिका ११ जना सदस्यको सहभागीता रहेको थियो भने सहजीकरण मैत्री समाज नेपालकि शर्मिला पौडेलले गर्नु भएको थियो ।
रामग्राम फाल्गुन मसान्तसम्म बाल मैत्री घोषण हुने