कावासोती, ०४ मंसिर । नवलपरासी वर्दघाट सुस्ता पुर्वमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षण क्रममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका ३ जना महिला र ४ जना पुरुष गरी जम्मा ७ जना , देवचुली नगरपालिकाको १ जना महिला र ३ जना पुरुष गरी ४ जना, कावासोती नगरपालिकाका १ जना महिला र ५ जना पुरुष गरी जम्मा ६ जना, मध्यविन्दु नगरपालिकाका २ जना ,हुप्सेकोट गाउँपालिकाको २ जना पुरुष र बिनयि त्रिवेणि गाउँपालिकाको १ जना ३१ बर्षिय पुरुष रहेका छन ।
सबै संक्रमितहरुको चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान खुलेको हो । सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञाप्ति मार्फत जानकारी आएको छ ।
कावासोतीका ६ जनासहित नवलपुरमा थप २२ जनामा संक्रमण