पर्वत,भाद्र ६ । पर्वतको बिहादी गाउँपालिका ४ वाहकी चोपिनडाडाका अन्दाजी ५० वर्षका विष्णुप्रसाद भुसाल शुक्रबार बिहान बिहादी गाउँपालिका ४ को काखिघाट भन्ने ठाउँबाट कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् । उनी बेपत्ता भएको खबर पाएपछि स्थानीय र बिहादी गाउँपालिका ६ सालिग्राम सेतिवेणीको प्रहरी टोलीले खोजिकार्य शुरु गरेको छ । केही स्थानीयका अनुसार उनी डिप्रेसनमा रहेका थिए। बेपत्ता भुसालले के कारणले नदीमा हाम् भने केही जानकारी आएको छैन ।उनको आज बिहानैदेखि खोजी कार्य सुरु गरेको सेदिवेणी प्रहरी चौकीले जानकारी दिएको छ ।
कालीगण्डकी नदिमा हामफालेर एकजना वेपत्ता