गएराति बैतडीको खोडपेमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका ९ जना मृतकको पहिचान खुलेको छ ।
गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको गएराति दुर्घटनामा परि नौ जना मरे र ३४ जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा कञ्चनपुर तिलाचौरकी १५ वर्षीया कृतिका कार्की, दार्चुला मालिकार्जुन डाँडाकोटका जगन्नाथ ओझा, बैतडी दोगडाकेदार ६, सित्तडका कपिन्द्रप्रसाद जोशी, दार्चुला खरकडाका तर्कराज गिरी, बैतडी दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, कञ्चनपुर भीमदत्त नगरपालिका १० की बिज्नादेवी धामी, कैलाली फूलबारीका नरेन्द्र चौधरी, कैलालीकै ऋषिराम चौधरी र बैतडी दोगडाकेदार ६, सित्तडका करनसिंह ऐडी रहेका छन् ।