कावासोति । जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज ठुुलो परिमाणमा अवैध घरेलु मदिरा र पटेकाहरु खाडलहरु बुधवार नष्ट गरेको छ ।
विभिन्न मिति समय र स्थानमा बरामद भएको घरेलु मदिरा र पटकालाई अस्थाई प्रहरी पोष्ट डण्डाको प्रारङ्गणमा खाडल खनी नष्ट गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।
उनका अनुसार प्रहरीले १ हजार १५ लिटर अवैध घेरलु मदिरा र ५ हजार १७० थान पटेका नष्ट गरेको हो ।