कार्तिक २२ पोखरा ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई सय ७८ जना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पोखराका एक सय ८६ जना सहित प्रदेशका सो संख्यामा संक्रमित थपिएका हुन् ।
शनिबार थपिने मध्य एक सय सात जना महिला र एक सय सात जना पुरुष छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले प्रदेशमा कोभिड–१९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यस्तो जानकारी दिएको हो । निर्देशनालयका अनुसार कास्कीमा देखिएका सबै १८६ जना संक्रमित पोखरा महानगरपालिकाका हुन् । जिल्लाका छ सय १० जनामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमित थपिएका छन् । यस्तै गोरखाका ३१ जनामा संक्रमण पाइएको छ ।
१४१ जनामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । बाग्लुङ र लमजुङका क्रमश ३१ र ४१ जनामा गरिएको परिक्षण १०–१० जना संक्रमित थपिएका छन् । उता, नवलपुर वर्दघाट सुस्ता पूर्वका १० जनामा ६, स्याङ्जाका १७ जनामा ५ र पर्वतका ३८ जनामा गरिएको परिक्षणमा दुई जना संक्रमित थपिएका छन् । यो सहित प्रदेशमा जम्मा संक्रमितको संख्या नौ हजार १७ पुगेको छ ।
हालसम्म प्रदेशमा चार हजार ८५२ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १७ जना ‘डिस्चार्ज’ भएका छन् । कोरोनाबाट एक सय तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरानोबाट प्रदेशमा थप चार जनाले ज्यान गुमाएका छन । यो संगै प्रदेशमा चार हजार ६२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।