-पार्वति पाण्डे
१९ कार्तिक, नवलपुर ।
पूर्वि नवलपरासीकि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलार्इ पूनः कारोना पोजेटिभ देखिएको छ ।
गत कार्तिक ६ गतेको रिपोटमा उनमा कोरोना सङक्रमण देखिएको हो । कोरोना सङक्रमणदेखिएसँगै होम आइसोलेसनमा रहिरहेकि छिन् । अस्ति पून: पोखरामा गरिएको परिक्षणका क्रममा पंगेनीलाई पून: कोरोना सङक्रमण पुष्टि भएको छ। पंगेनी सहित सिडियो परिवारका अन्य २ जना सदस्यलाई पनि कोरोना संक्रमण पूनः पोजिटिभ देखिएको गण्डकि आज अन्लाइन मिडिया सँग कुराकानी गर्दै उनले बताइन। आज पून: रिपोर्ट पोजेटिभ आएको भनि उनलाई फोन मार्फत जानकारी आएको तर उनको स्वास्थ्य अवस्था भन्ने राम्रो रहेको र हप्ता दिनमा पुनः परिक्षण गर्ने बताइन् ।
कोरोनाको संक्रमण बढ्दै गएको भन्दै उनले जिल्लावासी सबैलाई स्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेकि छिन् ।
नवलपुरकि सिडियो पंगेनीमा पून: कारोना पोजेटिभ