नवलपुर । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ३९ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि पोखरामामा गरिएको परिक्षमा सोमवार मध्यान्हसम्म थप ९९ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ७ हजार ८ सय ३९ पुगेको हो।
प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार सोमवार कास्कीका मात्रै ६० जना भेटिएका छन्। त्यस्तै अन्य थपिएका संक्रमितमा नवलपरासी पूर्व गैडाकोटका १ जना, स्याङ्जा १ जना, गोरखा ३३ जना, र लमजुङ २ जना रहेका छन्।
संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ।
