नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सु’जाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घो’षणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने घोष’णा गरेकी हुन् ।
‘पार्टीको पुरानो साखलाई फि’र्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौ’धौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ कोइरालाले भनिन् ।
उनले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै सबैलाई सहयोगको आग्रह समेत गरेकी छिन् । पार्टीलाई पुर्नजिवन दिनुपर्ने बेला भएको भन्दै सबैले अब रुपान्तरित भएर बढ्नुपर्ने बेला आएको बताइन् ।
पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निरा शा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथि ल हुँदा सिंगो मुलुक नै अधिनाय कवादतर्फ जाने ख तरा बढेको बताइन् ।
पार्टी र देशलाई सं कटबाट जोगाउन पनि आफूले काँग्रेसको नेतृत्व गर्ने दिशामा पाइला बढाएको बताइन्।
साभार -मेचिमहाकाली डट कम