-सहबान अन्सारी
नवलपरासी, १६ कार्तिक नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ६१ हजार ६ सय २५ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार राती बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा इकाईहरुबाट खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै गरेको ६ सय केजी मटर (केराउ) र भारतबाट अबैधरुपमा ल्याउदै गरेको ७७५ केजी दाल साथै ओसार पोसारमा मा प्रयोग हुने ५ थान साईकल सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए ।
जिल्लाको सिमा क्षेत्रहरुमा सशस्त्र प्रहरी द्वारा कडा निगरानी गरिएको घिमिले बताए ।