कार्तिक १२, चितवनमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज सिएमसीको कोभिड १९ प्रयोगशालामा आज (बुधबार) गरिएको परीक्षणमा चितवनका ७१ जनामा कोरोना देखिएको हो संक्रमण पुष्टि भएका मध्य ३९ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । यस्तै ८ जना रत्ननगर नगरपालिका, ३ जना कालिका, ४ जना खैरहनी र ६ जना राप्ती नगरपालिकाका रहेका छन् । सोही प्रयोगशालामा मकवानपुरका ४, नवलपुरका १४, तनहुँका २ तथा गोरखा, रुपन्देही, काठमाडौं र सर्लाहीका समान एक-एक जनामा पनि कोरोना देखिएको प्रयोगशालाले जनाएको छ ।
चितवनमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि