कार्तिक ८, एक दिन एक रुपैया दान अभियानले शनिबार मौलाकालिका अपाङ्ग सेवा केन्द्रमा बिजया दशमिको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवम न्यानो कपडा बितरण कार्यक्रम सप्पन्न गरेको छ। कावासोति ८ ,कालिगण्डकि चोकमा रहेको मौलाकालिका अपाङ्ग सेवा केन्द्र्मा करिब २० जना अपाङ्ग बालबालिकालाइ राखिएको छ।
नेपालिहरुको महान चाड बडा दशै नजिकिदै गर्दा त्यहा रहेका बालबालिकालाइ चकलेट ,चोकोफन ,र बिस्कुट बाडिएको र बड्दौ गरेको जाडो लाइ मध्यनजर गरि सम्पुर्णलाइ न्यानो कपडा (ट्राउजर ,सुइटर,जाकेट र टिसर्ट ) बितरण गरिएको एक दिन एक रुपैया दानका संयोजक सौगात भुसाल ले बताए।
सम्पूर्ण बालबालिका सङ्ग हास्दै खेल्दै रमाउदै खानिकुरा खुवाउदै ,र बडा दसैं को शुभकामना दिदै एक दिन एक रुपैया दान का सम्पुर्ण सदस्यले आफो दिनभरिको समय त्यहा बिताएका थिय।
त्यसै गरि केहि लामो समय देखि संस्थामा स्थानिय सरकार र नगरपालिकाले केहि नहेरेको र सहयोग पनि नगेरेको भन्दै सेवा केन्द्रका सन्चालक कृष्ण कुमार रोक्का ले आफ्नो गुनासो पोख्दै सहयोगिहरुलाइ धन्यवाद दिए।
एक दिन एक रुपैया दान अभियानद्वारा अपाङ्ग बालबालिकालाइ कपडा बितरण