पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
बाँस्कोटाले आफूलाई लक्षण नरहेको र श्रीमती तारा मानन्धरलाई भने लक्षण बताएका छन्। बाँस्कोटाले आफ्ना दुबै छोराको कोरोना रिपोर्ट भने नेगेभिट आएको जानकारी दिएका छन्।
उनले फेसबुकमा सबैलाई सुरक्षित रहन आग्रहसमेत गरेका छन् ।