-पार्वति पाण्डे
०६ कार्तिक , कावासोती । दशैँमा ठुलावडाको आशिर्वाद लिदा कोरोना सारिदिन र सर्न सक्ने वताउछन् पुर्वि नवलपरासी बर्दघाट सुस्ता पुर्वको सदरमुकाम कावासोति नगरपालिका वडा नं १७ का वडा अध्यक्ष छविलाल महत्तो ।
बिश्वब्यापि माहामारीको रुप लिगेको कोभिड ।१९ सँग लड्ने क्रममा हिन्दुहरुको महान चाड बडा दशैँ नजिकिदैँ गर्दा कोरोना सङक्रमण फैलिने सम्भावना झनै बढि रहेको छ । नेपालको पनि सामुदायिक स्तरमा कोरोना दिन प्रति दिन बढ्दै जाने क्रममा चाडपर्व नजिकिदैँ गर्दा मानिसहरुको भिडभाड झनै बढिरहेको छ ।
यसैक्रममा कोरोनाको माहामारीलाई सामुदायिक स्तरमा अझै फैलिन नदिनका लागि नियन्त्रण गर्दै सञ्चालनमा ल्याइएका बिद्यालयहरुका पठनपाठनदेखि लिगेर हरेक क्रियाकलापमा रोक लगाइएको र अहिले नजिएको चाडपर्बलाई मध्यनजर गर्दै आफ्नो वडाका हरेक टोल बिकास समितिहरुलाई अति सक्रिय रुपमा खटाएर जनसमुदायमा दशैमा घरदेखि बाहिर टाढा आफ्ना ठुलावडा मन्यजनको हातदेखि टिका लगाउन र आर्शिवाद लिन भन्दैँ नजाऔँ त्यस्तो गर्दा हामीले आर्शिवाद मात्र लिग्दैनौँ कारोना आफुमा सार्ने र सारिदिने गर्दछौँ भन्ने धारणको निर्माण गर्ने अध्यक्ष महत्तोले वताए ।
उनले आफ्नो वडामा चाडपर्वको बेला मानिसहरुलाई भिडभाड गर्ने जाँडरक्सी लगायतका मादक पदार्थको सेवन गरेर रातिसम्म होहल्ला गर्ने जस्ता गतिविधिलाई रोक्न र कडा निगरानी गर्नका लागि छुटै ब्यबस्थापन समितिको निर्माण गरिएको र आफ्नो वडा बासीलाई सुरक्षित राख्नका लागि आवश्यकता अनुसार अझै कडा रणनितिहरु बनाउन पनि तयार हुने बताए ।