कार्तिक ४ पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । मंगलबार बिहान पौने १२ बजे पोखरा महानगरपालिका वडा नम्बर २२ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएसंगै मृतकको संख्या ५५ पुगेको हो । गण्डकीका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार सोमबार कोरोना पुष्टि भएका उनको गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।