विश्वव्यापि रुपमा फैलिएको कोरोना को माहामारीका कारण लोक सेवा आयोगद्धारा सञ्चालन गरिने भनेको सम्पुर्ण लिखित परिक्षाहरु अर्को सुचना नआउदाँ सम्मको लागी स्थगित गरिएको छ ।
कोरोना भाइरसको कारण आयोग बाट सञ्चालित हुने परिक्षामा सम्मेलित हुने उमेदवार हरुमा श्रृजना भएको भय एवम् आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भई परिक्षा संग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आइसोलेसनमा रहेको कारण परिक्षा व्यवस्थापन मा जनशतिm खटाउन एवम् परिक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भई तत्काल परिक्षा सञ्चालन गर्न कठिनाई भएकोले आयोग को पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पुर्ण लिखित परिक्षा २०७७ ्०७् ०३ को निर्णय अनुसार अर्को सुचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको ५७ ्०७७ ्.७८ सुुचना नम्बर द्धारा जानकारी गराइएको छ ।
लोक सेवा आयोगका सम्पूर्ण लिखित परिक्षा स्थगित