दुम्किबास ,नवलपुर।देशैभर जारी बलात्कार विरुद्धको प्रदर्सनको प्रभाव नवलपुरमा पनि परेको छ ।नवलपुरका प्रमुख चोकहरुमा बलात्कार विरुद्द प्रदर्शन ,नारा ,जुलुस,दिप प्रज्वलन लगायतका कार्यक्रम निरन्तर रुपमा हुन थालेको छ।यसैक्रममा शनिबार दुम्किबासमा मोर्डन युथ क्लबको आयोजनामा युवाहरुले बलात्कार विरुद्द प्रदर्शन तथा दबाबमुलक कार्यक्रम सम्पन्न गरेका छन।दुम्किबासका युवा युवती सहभागी भएको कार्यक्रममा सचेतना तथा दवाबमुलक र्याप गित समेत प्रस्तुत गरिएको थियो।देशभर बलात्कारको घटना बढ्नु अत्यन्तै चिन्ताजनक रहेको तथा नवलपुरमा पनि बलात्कारको घटना निरन्तर बढ्नुले समाजमा आतंक मच्चिएको भन्दै स्थानिय सरकार र प्रशासनलाई दवाब सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको अभियान्ता तथा संयोजक नम्सु सुनारी मगरले जानकारी दिए। हातमा प्लेकार्ड बोकेका युवा युवतिले बलात्कार विरुद्द्का प्लेकार्ड बोकेका थिए भने नाराबाजी समेत गरेका थिए।
बलात्कार विरुद्ध दुम्किबासमा पनि युवाहरुको प्रदर्शन