सतेन्द्र यादब १ पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानरपालिका ३ निवासी ५६ वर्षीय महिलाको मृत्यु भएको अस्पताल प्रसासनले जनाएको छ ।
ती महिला असोज ३० गते सोही अस्पतालको इमर्जेन्जी विभागमा उपचारको लागि आएकी थिइन् । कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षणका लागि दिएर उनलाई अस्पतालको प्रि–आइसोलेसन कक्षमा भर्ना गरिएको अस्पतालका निर्देशक सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनको सोही दिन मृत्यु भएको आचार्यले बताए । उनको मृत्यु पछि कार्तीक १ गते रिपोर्ट पोजेटिभ आएको हो । यस अस्पतालमा कोरोना संक्रमण भई मृत्यु हुने १४ औ संक्रमित हुन् । शनिबार गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । मृतकमध्य कास्कीका १५ जना छन् ।
यस्तै नवलपु र तनहुँका ९–९ जना, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ २ जना र म्याग्दीका १ जनाको मृत्यु भएको छ ।