कावासोती नगरपालिका -१३ , लौखानी मा अवस्थित श्री शिद्देश्वर शिवालय मन्दिरको पुननिर्माणको कामले यस विषम परिस्थीतीमा पनि निरन्तरता पाईरहेको छ । करिव १० महिना पहिले स्थानिय युवाहरुको पहलमा जिर्ण अवस्थामा रहेको यस मन्दिर को पुननिर्माणका लागी आर्थिक संकलन अभियानका निम्ती देश बिदेशमा रहनुहुने नेपाली मार्फत सहयोगको आव्हान गरिएको थियो ।
यस क्रममा अ्मेरीका , अस्ट्रेलीया, जापान , युएई , कतार , साउदी , मलेसीया , भारत लगायतका विभिन्न मुलुकबाट सहयोग आइरहेको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष श्री तारानाथ लामिछाने बताउनु भयो । हालसम्म करिव आर्थिक , भौतिक र श्रमदान गरेर करिव १० लाख जति सहयोग संकलन भएको र पुन निर्माण को काम धमाधम चलिरहेको सचिव श्री रुद्र रिजालले जानकारी दिनुभयो ।
हालसम्म मन्दिरमा भजनहल , खानेपानी , शौचालय , विजुलीबत्ती , कम्पाउण्डिङ , क्रीयापुत्री घर , पुजारीकोठा , होमनकुण्ड, मन्दिर प्रवेशद्वार निर्माण भैसकेको र मन्दिरलाई नेपाल सरकार को मातहतमा दर्ता गर्ने काम पनि हालसालै सम्पन्न भएको सचिव रिजालले बताउनु भयो ।आगामी दिनमा १०८ शिवलिङ , नयाँ सुविधायुक्त मन्दिर निर्माण गर्ने योजना रहेको अभियन्ता निराजन गौतमले हामीलाई जानकारी गराउनु भयो ।
यस मन्दिरको पुर्ननिर्माणको काम आगामी केही महिना मै सम्पन्न होस गन्डकी आजको तर्फबाट पनि अग्रीम शुभकामना ।
शिद्देश्वर शिवालय मन्दिरको भौतिक पुन निर्माणको कार्यलाई रोकेन कोरोनाको कहरले